२०८१ बैशाख ४ , मंगलबार

विर महान : WWE मा हलचल मच्चाउने रेसलर को हुन् ?

सुनाखरी न्युज/ काठमाडौं –

एक समय थियो, भारतमा क्रिकेटका साथै डब्ल्यूडब्ल्यूई र डब्ल्यूडब्ल्यूइफ शो निकै लोकप्रिय थिए । अन्डरटेकर, केन, जोन सिना, द रकजस्ता ठूला सुपरस्टार त्यतिबेला डब्ल्यूडब्ल्यूईको शीर्ष स्थानमा थिए । भारतको तर्फबाट ‘द ग्रेट खली’ ले पनि डब्ल्यूडब्ल्यूईमा खैलाबैला मच्चाएका थिए ।

 

द ग्रेट खली मानिसबीच निकै लोकप्रिय भएका थिए । अब यो सूचीमा विर महानको नाम पनि जोडिएको छ । विर महानको यतिबेला चर्चा भइरहेको छ । डब्ल्यूडब्ल्यूईमा प्रवेश भएपछि विर महानको भारतीय लुक र स्टाइलले मानिसलाई आकर्षित गरिरहेको छ । विर महान को हुन् र उनको एन्ट्रीको चर्चा चर्चा किन भइरहेको छ, यसबारे मानिस जान्न चाहन्छन् ।

विर महान को हुन् ?

विर महानको उत्तर प्रदेशको एउटा सानो गाउँबाट डब्ल्यूडब्ल्यूईएसम्मको यात्रा निकै संघर्षपूर्ण र रोमाञ्चकारी रह्यो । विर महानको वास्तविक नाम रिङ्कू सिंह राजपूत हो र उनी उत्तर प्रदेशको रविदास नगर जिल्लाको गोपीगञ्जमा ८ अगस्ट सन् १९८८ मा जन्मिएका थिए । रिङ्कू सिंहका पिता ट्रक ड्राइभर हुन् । उनका ९ सन्तान छन् । तीमध्ये एक रिङ्कू सिंह राजपूत हुन् । सिंह परिवार गोपीगंजको एउटा सानो गाउँमा बस्छ । उनलाई बाल्यकालदेखि नै खेल्न शौक थियो र उनले रेस्लिङ पनि खेल्दै आएका थिए ।

बेसबलमा गतिः

स्कूलका दिनमा रिङ्कू भाला फ्याँक्ने काम गर्दथे । उनले यो खेलमा जुनियर नेशनलमा पदक पनि पाएका छन् । त्यसपछि उनले लखनऊका गुरु गोविन्द सिंह स्पोर्टस् कलेजमा भर्ना लिए । सन् २००८ मा रिङ्कूले द मिलियन डलर आर्म नामको भारतीय रियालिटी टिभी शोमा भाग लिए । यो शोमा तीब्र गतिमा बेसबल फ्याँक्न खेलाडीले भाग लिएका थिए । यो बेसबलको एउटा ट्यालेन्ट हन्ट शो थियो । यो ट्यालेन्ट शोमा रिङ्कू सिंहलाई आफ्नो भाला फ्याँक्ने अनुभवले निकै ठूलो फाइदा दियो ।

 

हुन त रिङ्कू सिंहले त्यसअघि कहिल्यै पनि बेसबल खेलेका थिएनन् तर आफ्नो बलियो शरीर र गतिका कारण उनले ट्यालेन्ट शो जितेका थिए ।रिङ्कू सिंहले यो शोमा १४० किलोमिटर प्रतिघण्टाको गतीले बेसबल फ्याँकेका थिए र शीर्ष स्थानमा रहेका थिए । यो कहानीमाथि एउटा फिल्म पनि बनेको छ । त्यसपछि रिङ्कू सिंहको रुचीमा बेसबलमा बढ्यो । उनी बेसबलमा करियर बनाउनका लागि अमेरिका गए । त्यहाँ उनले भिन्न भिन्न बेसबल टिममा भाग लिए । अन्ततः उनले पिटर्सबर्ग पाइरेट्ससँग करार गरे र उनी सफल भए । रिङ्कू सिंह राजपूत व्यावसायिक रुपमा अमेरिकी बेसबल टिममा खेल्ने पहिलो भारतीय खेलाडी बने । त्यसपछि सिंहले बेसबल फ्याँक्ने आफ्नो गति ८७ माइल प्रतिघण्टालाई ९० माइल प्रतिघण्टा बनाए ।

 

उनले २००९ देखि २०१६ सम्म विश्वभरीका थुप्रै लिगमा भाग लिए । उनको खेलले दुनियाँको ध्यान आकर्षित गर्यो । सन् २०१८ मा रिङ्कू सिंह बेसबलबाट बिदा भए । त्यसपछि उनले व्यावसायिक रेसलिङतर्फ ध्यान दिन सुरु गरे । सन् २०१८ मा उनले डब्ल्यूडब्ल्यूईसँग सम्झौता गरे । भारतीय खेलाडी सौरज गुर्जरसँग मिलेर उनीहरुले ‘द इंडस शेर’ नामको टिम बनाए । दुबैले मिलेर डब्ल्यूडब्ल्यू एनएक्सटीमा भाग लिए । सुरुवाती समयमा रिङ्कू सिंह आफ्नो पहिलो नाम रिङ्कूबाटै डब्ल्यूडब्ल्यूईमा चर्चित थिए । उनको टिममा जिन्दर महाल नामका एक सदस्य जोडिए ।

 

यतिबेला रिंकूले विर नाम अपनाइसकेका थिए र उनी यसै नामबाट थुप्रै शोमा समावेश भए । विर, शकी र जिन्दरबाट बनेको टिमले लगातार १२ प्रतिस्पार्ध जिते । अन्ततः २०२१ मा विर थुप्रै कारणसहित आफ्नो टिमबाट अलग भए । उनले स्वतन्त्र रेसलरको रुपमा ‘डब्ल्यूडब्ल्यू र’ सँग सम्झौता गरे । यतिबेला उनले आफ्नो नाम विर महान राखे ।

 

विर महानको ट्रम्प कार्ड के हो ?

जब स्मार्टफोन थिएनन् तब डब्ल्यूडब्ल्यूईका खेलाडी आफ्नो ट्रम्प कार्डले चर्चित हुने गर्दथे । यो ट्रम्प कार्डमा डब्ल्यूडब्ल्यूईका रेसलरको उचाई, तौल आदिको जानकारी हुने गर्दथ्यो । त्यसो भए विर महानको ट्रम्प कार्ड के हो ? विर महान ६ फुट ४ इन्च अग्ला छन् र उनी १२५ किलोका छन् । डब्ल्यूडब्ल्यूइए शोमा विर महान भारतीय स्टाइलमा देखिन्छन् । उनको लामो कपाल, कालो आँखा, लामो दाह्री र निधारमा लगाइएको चन्दनसँग उनको व्यक्तित्व थप भव्य देखिन्छ ।

 

यसका साथै उनको लुकको केन्द्रमा उनले लगाउने चन्दन पर्दछ । उनका पुराना साथी सौरव गुर्जरपनि उनले झैँ निधारमा चन्दन लगाउँछन् । विर महानको छातीमा ठूलो अक्षरले ‘मां’ लेखिएको छ र यसले पनि धेरैको ध्यान खिच्ने गर्छ । उनी घाँटीमा रुद्राक्षको माला र कालो कपडा लगाउँछन् । यो लुकमा उनी भिन्न नै देखिन्छन् । आफ्नो स्टाइलसहित चार अप्रिलमा विर महानले डब्ल्यूडब्ल्यूईले कदम राखेका थिए ।

 

अघिल्लो वर्ष अक्टोबर महिनामा विरको डब्ल्यूडब्ल्यूई र मा निकै चर्चा भइसकेको थियो । उनी विज्ञापन पनि व्यापक भएको थियो । चार अप्रिलमा विर महान प्रतिस्पर्धाका लागि रिङमा उत्रिए । यो प्रतिस्पर्धामा विर महानले रे र डोमिनिक मिस्ट्रियोका पिता–पुत्रको जोडीलाई पछारेका थिए । यो प्रतिस्पर्धाको सोसल मिडियामा असाध्यै चर्चा भएको थियो ।  बीबीसी