२०८१ बैशाख ८ , शनिवार

एक हजार रुपैयाँले घट्यो सुनको मुल्य

सुनाखरी न्युज/ काठमाडौं –

अघिल्लो दिन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेर आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो केही दिनयता सुन-चाँदीको मूल्यमा दिनहुँ गिरावट आइरहेको छ। अघिल्लो साता सोही दिन, अर्थात् बिहीबार सुन प्रतितोला एक लाख नौ सय रुपैयाँ र चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

 

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य लगातार घटिरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।