२०८१ जेठ ७ , सोमवार

आउछ खबर मायालुको

 गोबिन्द राज ओझा –
आउछ खबर मायालुको सारा दुनियाले देख्नु
मेरा दिलको चाहनाहरु भन्छु तिमिले सुन्नु ।

 

आउछ खबर मायालुको सारा दुनियाले देख्नु ।
प्रियसि परदेशबाट स्वदेशमा आउन लागेकि छन ।
यो मनमा खुसिका तरङ्गहरु पैदा हुदै छन ।
खुसियालिमा आशुको बर्षा सबैले देख्ने छन ।

 

आउछ खबर मायालुको सारा दुनियाले देख्नु ।
साचो कुरा गर्नु तिमिले झुटा कुरा नगर्नु ।
यो मेरो दिलमा आशा किरणलाई निराशा हुन नदिनु ।
मैले दुस्खि भएको यि ईश्वरले देख्नेछन ।

 

आउछ खबर मायालुको सारा दुनियाले देख्नु ।
घर परिवार सबैलाई मेरि मायालुको खबर सुनाउनु ।
म नाच्नेछु सधै तिमि आउने खुसियालिमा ।
खुसिले सधै नाच्छु तिमि आउछौ भन्ने आशामा ।

 

नाम – गोबिन्द राज ओझा
ठेगाना : दिपायल सिलगढी नगरपालिका वडा नं।२ दिपायल ,डोटी , नेपाल