२०८० चैत्र १५ , बिहिवार

कबड्डी ४ को ट्रेलर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं –

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४ द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ।

 

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका अन्य कलाकारको अभिनय रहेको छ।

 

उक्त फिल्ममा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा लेखन छ। शैलेन्द्र डी कार्कीले छायांकन गरेको यस फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन । यो फिल्म जेठ १३ गतेबाट हलमा प्रदर्शन हुँदैछ।