२०८१ जेठ ७ , सोमवार

आगो निभाउने क्रममा १ जनाको मृत्यु

सुनाखरी न्युज/ सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निबाउने क्रममा १ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो साँढे ११ बजे स्थानिय ७० बर्षीय जयराम सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कीदा घाईते भएका थिए ।

घटनाको जानकारी प्राप्त हुँनासाथ बिमानस्थल सुरक्षा गार्ड कांगेलको प्रहरी टोली खटिगई तत्काल उपचारको लागि धरान घोपा लादै गर्दा बाटोमानै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरीरहेको छ ।