२०८० चैत्र १५ , बिहिवार

सुनको भाउ घट्यो

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली बजारमा मंगलबार पहेँलो धातु सुनको भाउ तोलामा १ हजार रुपैयाँले घट्दा चाँदीको भाउ भने स्थीर बनेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा १ हजार रुपैयाँ रुपैयाँले घटेर प्रतितोला मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि १ हजार सस्तिँदै ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

 

चाँदी मंगलबार सोमबारकै भाउ अर्थात तोलाको १ हजार ३५० रुपैयाँमा नै कारोबार भएको छ । सुको भाउ घटेपनि चाँदीको मूल्य भने यथावत रहेको हो । हिजो सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले सस्तिएर छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँ, तेजावी सुनको ९९ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १० रुपैयाँ घटेर १ हजार ३५० रुपैयाँ कारोबार भएके थियो ।