२०८१ बैशाख १२ , बुधवार

जुन समुदायमा मरेपछि आफन्तकै लास खाने परम्परा छ

सुनाखरी न्युज/ काठमाडौं –

संसारमा यस्ता धेरै आदिवासी समुदायको बसोबास छ, जसका बारेमा आम मानिसहरूलाई थाहै छैन । कतिपय आदिवासी समुदायका रितिरिवाज, परम्परा तथा संस्कृतिहरू यस्ता छन्,जसको बारेमा थाहा पाउँदा पत्याउनै गाह्रो पर्दछ ।

 

कतिपयका संस्कार तथा परम्पराहरु निकै हिंस्रक, दर्दनाक तथा अनौठा छन् जुन आधुनिक मानव समुदायका लागि अपाच्य हुन सक्दछन् । यस्तै अनौठो परम्परा भएको आदिवासी समुदाय हो यानोमामी । दक्षिण अमेरिकाको ब्राजिल तथा भेनेजुयलामा बसोबास गर्ने यो समुदायमा निकै अनौठो परम्परा छ । उनीहरू आफ्नै आफन्तको मासु खान्छन् ।

 

उक्त परम्परालाई इन्डो केनिबलवाद भनिन्छ । आधुनिकीकरण तथा पश्चिमीकरणको प्रभाव यो समुदायमा कत्ति पनि परेको छैन । आफ्नो संस्कृति तथा परम्पराको पालनामा उनीहरू कट्टर छन् । उक्त समुदायमा यदि कोही मानिसको मृत्यु भयो निकै विभत्स तरिकाले शवको अन्तिम संस्कार हुन्छ । मृत्यु पश्चात् घर परिवार तथा आफन्तका मानिसहरू जम्मा हुन्छन् र लासलाई पोलेर खान्छन् ।

 

लासलाई पोल्ने क्रममा सबैभन्दा पहिले मृतकको अनुहारमा रङ दल्ने काम गर्दछन् र पछि सबै मिलेर शवको मासु खान्छन् । शवको मासु खानुका साथै आफन्तको मृत्युमा गीत गाएर तथा रोएर दुख प्रकट गर्ने चलन पनि छ यो समुदायमा ।  एजेन्सी