२०८० चैत्र १६ , शुक्रवार

घट्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख २०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ७०० रुपैयाँमा झरेको छ। हिजो आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।