२०८१ बैशाख ११ , मंगलबार

बाल गायक प्रितम आचार्यको स्वरमा रहेको ‘आमा’ गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं –

आउँदै गरेको मातातिर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारी बाल गायक प्रितम आचार्यको स्वरमा रहेको ‘आमा’गीत सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियोमा स्वयंम गायक आचार्य लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन सन्तोष बस्नेतले गरेका हुन् भने शब्द रचना रुवि पाण्डे र किरण कडेलको संगीत रहेको छ ।

 

बिशेसगरी यस गितमा मातृत्व र एक सन्तानको आमाप्रतिको मायालाई गीत मार्फत प्रस्तुत गर्न खोजिएको छ ।