२०८१ बैशाख ४ , मंगलबार

आज लर्ड अफ ड्रिंक्स ठमेलमा पवन दिपलाई सुन्न सकिने

सुनाखरी न्युज/ काठमाडौँ । भारतीय चर्चित गायक इन्डियन आइडल २०२१ विजेतापवनदीप राजनलाई आज लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेलमा सुन्न सकिनेछ । पवन दिपले एलओडी ठमेलमा बिशेष सांगीतिक प्रस्तुती दिनेछन ।

 

पवनदिपले हिजो याक एण्ड यतीमाभएको कार्यक्रममाजोडदार प्रस्तुतीदिएकाथिए । पवनदिपले लोकप्रियचर्चित भारतीय गीत गाएका थिए भने उनले नेपालीगीत समेत गाएर सम्पूर्ण अतिथि एव उपस्थितीहरुलाई नचाएकाथिए । कार्यक्रम ब्यबस्थापन गरेको ३६५ इभेन्टस् एण्ड मिडियाका अनुसार आजएलओडी ठमेलमाहुने सांगीतिक प्रस्तुतीको सिमित टिकट मात्र रहेको र पवनदिपलाई सुन्नमनपराउनेहरुले आइएमई पे वालेट मार्फत टिकट खरिद गर्न सकिने बताउनु भयो । ३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य (ह्यापी) काअनुसार टिकट लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेल साथै ३६५ इभेन्टस् एण्ड मिडियामा सम्पर्क गरेर खरिद गर्न सकिने बताउनुभयो ।

आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ । चर्चित गायक पवनदीपले आज विभिन्न धार्मिक स्थलहरूको समेत अवलोकन गरेको आयोजकले बताउनुभयो ।