२०८० चैत्र १६ , शुक्रवार

अनौठो मन्दिर : जहाँ भगवान हेर्न वर्जित छ, आँखामा पट्टी बाँधेर पूजा गरिन्छ

सुनाखरी न्युज/ काठमाडौं –

हिन्दु धर्मावलम्बीहरू भ्गवानको पूजा आराधना तथा दर्शन गर्नका लागि मन्दिरमा जान्छन् । मन्दिरमा हुने देवी देवताका मूर्तिमा फूल, अक्षता तथा प्रसाद अर्पण गरी पूजा गरिन्छ ।

 

तर संसारमा एउटा यस्तो रहस्यमय मन्दिर छ जहाँ भगवानलाई हेर्न वर्जित छ । उक्त मन्दिरमा पुजा आराधना गर्न जाने भक्तजनहरुले आँखामा पटि्ट लगाएर पुजा गर्दछन् । भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको देवाल विकासखण्ड अन्तरगत वाण गाउँमा रहेको लाटू देवताको मन्दिर सायद संसारकै एउटामात्रै यस्तो मन्दिर हो जहाँ मूर्तिको दर्शन गर्न पाइँदैन ।

 

यो मन्दिरमा पुजारीहरूको प्रवेशका लागि पनि अनौठो नियम बनाइएको छ । पुजारी बाहेक अरु महिला र पुरुष कसैलाई पनि मन्दिरभित्र जाने अनुमति छैन । मन्दिरमा मूर्तिको स्वरुपको दर्शन गरिंदैन । दर्शनार्थीले मात्र होइन पुजारीहरूले पनि मूर्ति हेर्दैनन् । मन्दिरभित्र जाँदा पुजारीले पनि आँखामा पट्टी लगाउँदछन् । स्थानीय बासिन्दाहरूका अनुसार मन्दिरभित्र भगवानको मूर्तिमा मणिको कडा प्रकाश छ, जसका कारण आँखामा असर पुगेर दृष्टिविहीन हुने जोखिमका कारण पट्टी बाँध्ने गरिन्छ ।

 

पुजारीको मुखको गन्ध भगवानसम्म नपुगोस् र नाग देवताको विषालु गन्ध पुजारीको नाकसम्म नपुगोस् भनेर मन्दिर प्रवेश गर्दा पुजारीहरूले आँखामा पट्टीसँगै नाकमुख पनि छोप्ने गर्दछन् । यो मन्दिर वर्षको एक दिनमात्र खुल्दछ । वैशाख पूर्णिमाको दिनमात्रै मन्दिरको ढोका खोलिन्छ । त्यसबेला दर्शनार्थीहरु मन्दिरको बाहिर जम्मा भएर बाहिरबाटै पूजा गर्ने र हात जोडेर प्रार्थना गर्ने गर्दछन् । एजेन्सी