२०८१ बैशाख १३ , बिहिवार

रु. ४००ले सस्तियो सुन

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।