२०८१ बैशाख १४ , शुक्रवार

आइएमई जनरल इन्स्योरेन्सको २४ औँबार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको २४औँ वार्षिक साधारण शुक्रबार सम्पन्न भएको छ । लैनचौर बैङ्क्वेट्समा सम्पन्न साधारण सभामा अध्यक्ष हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।

 

ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको बताए । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको थियो । चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको उनले जानकारी दिए ।

कम्पनीको व्यावसायमा भएको विस्तार सँगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि र नियमनकारी निकायबाट समेत चुक्तापुँजी २.५० अरब पुर्याउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशन बमोजिम पुँजी योजना बीमा समिति समक्ष पेश गरिसकिएको उनले बताए । उनले हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने प्रस्ताव कम्पनीको २४औँ साधारण सभाबाट पारित भएको हुनाले उल्लेखित बोनस शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अरब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने व्यहोरा जानकारी गराए ।

त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २४औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको बताए ।

आ.ब. २०७६/७७ मा रु। १ अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा रु.१ अर्ब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ९ प्रतिशतले बीमा शुल्क वृद्धि भएको छ भने चालु आ.ब.को चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अर्ब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी दिए ।