२०८१ बैशाख ७ , शुक्रवार

जिम्बाब्वेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा

सुनाखरी न्युज/ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जिम्बाब्वेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । यहि वैशाख १७ गते त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि क्यानले आज (शुक्रबार) सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेको हो ।

 

जिम्बाब्वेविरुद्ध हुने एक दिवसीय र टि-२० क्रिकेटका लागि दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमला रहेको टिम बनाइएको छ ।

 

यहि टिमबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ । नेपालले जिम्बाब्वे ’ए’ सँग तीन वटा ५० ओभर र तीन वटा टि-२० खेल खेल्नेछ । १० दिन चल्ने सिरिजमा जिम्बाब्वेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।५० ओभरको सिरिज वैशाख १७ देखि २१ सम्म चल्ने छ । त्यस्तै टि-२० सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।