२०८१ बैशाख ६ , बिहिवार

आजबाट एसइई शुरु

सुनाखरी न्युज/ काठमाडौं । आजबाट देशभर एकैसाथ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु भएको छ । कोरोना महामारीका कारण गत २०७६ / २०७७ सालमा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

 

यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जानाएको छ । परीक्षाका लागि सबै तयारी पुरा भएको वोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ कूल पाँच लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । यसैगरी दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४सय ५४ विद्यार्थी र प्राविधिक तर्फका १४ हजार ५ सय ६४ विद्यार्थी पनि परिक्षामा सहभागी हुँदैछन् ।

 

परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् । यसवर्षको एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि सहभागी हुने भएका छन् । बोर्डले कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसइईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको छ ।