२०८१ बैशाख १२ , बुधवार

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ पद्मकन्या बहुमुखी क्याम्पस इकाई समितिद्धारा नवनियुक्त अध्यक्ष गौतमको स्वागत

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ पद्मकन्या बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसका नवनियुक्त अध्यक्ष चेतोनाथ गौतमको स्वागत गरेको छ । नयाँ बर्ष २०७९ को अवसरमा समितिले बुधबार  क्याम्पसमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नवनियुक्त अध्यक्ष गौतको स्वागत गरेको हो ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ पद्मकन्या बहुमुखी क्याम्पस इकाई समितिका सभापति प्रा. डा. रामचन्द्र पोख्रेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समितिले प्रकाशन गरेको वार्षिक भित्ते पत्रिकाको विमोचन समेत गरिएको थियो ।

त्यस अवसरमा क्याम्पस प्रमूख धनप्रसाद पण्डित, सहायक क्याम्पस प्रमूख राजु मल्ल, त्रिभुवन विश्वविद्यालय प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष खुम प्रसाद शर्मा, प्राध्यापक डा. सुरेश आचार्य, प्रा. डा. लोकनाथ दुलाल, पत्रकारिता तथा आमसञ्चद्धार विभाग प्रमूख ज्ञाननिष्ट ज्ञवाली लगायत विभिन्न प्राध्यापक तथा कर्मचारीहरुले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

त्यसक्रममा क्याम्पसका नवनियुक्त अध्यक्ष  गौतमले क्याम्पसको उन्नतीकालागि आपसी सल्लाह र सहकार्यमा आफू लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।