२०८० चैत्र १५ , बिहिवार

सुनको भाउ १ हजार ५०० रुपैयाँले सस्तियो

सुनाखरी न्युज/ काठमाडौं । पहेँलो धातु सुनको भाउ नेपाली बजारमा बुधबार तोलामा १ हजार ५०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा बुधबार सुनको भाउ १५०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६०० रुपैयाँमा कारोबार भएको हो ।

 

यस्तै तेजावी सुनको भाउ पनि १५०० रुपैयाँले घटेर १ लाख १०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ पनि तोलाको ३५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कारोबार भैरहेको छ । नेपाली बजारमा स्थीर रहेर मंगलबार छापावाल सुन १ लाख २ हजार १०० रुपैयाँ तथा तेजावी सुन १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने सुन तोलामा ५०० ले र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।

 

बजारमा सुनचाँदीका आयातमा बैंकहरुले एलसी नखोलेपछी यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले माग गरेका छन् ।