२०८१ बैशाख ८ , शनिवार

भारतमा एकै दिन ९० प्रतिशतले बढ्यो कारोना संक्रमण, नेपालमा पनि त्रास

सुनाखरी न्युज/ काठमाडौं ।

भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको छ ।  एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ ।

 

अघिल्लो दिन संक्रमितको संख्या १ हजार १ सय ५० थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा तीन दिनमै २ सय नयाँ संक्रमित भेटिएपछि मुख्यमन्क्री योगी आदित्यनाथले संत्रमणको पछिल्लो अवस्थाबारे सोमबार समीक्षा बैठक गरेका थिए । बैठकपछि उनले गौतमबुद्ध नगर, गाजियावाद, हापुड, मेरठ, बुलंदशहर, बागपत र लखनउमा सार्वजनिक स्थानमा मास्कलाई अनिवार्य गर्न निर्देशन दिएका छन् । खोप नलगाएका व्यक्तिको पहिचान गरी खोप कार्यक्रमलाई थप गति दिन पनि उनले निर्देश गरेका छन् ।

उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा १३५ जना नयाँ संक्रमित भेटिएका छन् भने एक जनाको मृत्यु झएको छ । सक्रिय संत्रमितको संख्या ६९५ छ । केन्द्रीय राजधानी दिल्लीसँगैको गाजियावादका १२ स्कुलमा पनि संक्रमित भेटिएका छन् । त्यहाँ स्थानीय प्रशासनले जुन १० सम्म कुनै पनि सभा, सम्मेलन, जुलुस नगर्न निर्देशन जारी गरेको छ । त्यहाँ ३२ छाक्र र ५ शिक्षकमा संत्रमण पुष्टि भएको छ । त्यसमा १२ वर्षमुनिका ३ र २० वर्षसम्मका ५ जना छात्र पनि छन् । प्रशासनले नयाँ गाइडलाइन दिए पनि विद्यालय भने बन्द गराइएको छैन ।

गत डिसेम्बरमा कोरोनाको तेस्रो लहर फैलिएको थियो । स्थिति सामान्य भएको दुई महिना नबित्दै सातायता संक्रमितको संख्या ह्वात्तै बढेको छ । दिल्ली, हरियाणा, उत्तरप्रदेश, केरला, महाराष्ट्र र मिजोरममा संक्रमितहरूको संख्या तीव्र रूपमा बढ्न थालेको हो । दिल्लीमा एक साताको अन्तरालमा १ सय ४५ प्रतिशतले संक्रमित बढेका छन् । पछिल्लो ७ दिनमा २ हजार ३ सय ७ संक्रमित भेटिएका छन् । त्योभन्दा अगाडि सातामा ९ सय ४३ संक्रमित पाइएको थियो ।

 

उत्तर प्रदेशसँग नेपालको लामो खुला सीमा छ भने दिल्ली र काठमाडौंको सम्पर्क बढी छ ।