२०८० चैत्र १५ , बिहिवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख दुई हजारमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।