२०८० चैत्र १५ , बिहिवार

निगमको रियादमा नियमित उडान

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरले) वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ ।

 

निगमले आइतबार एक विज्ञप्तिमार्फत काठमाण्डौं–रियाद–काठमाण्डौं उडान तालिका समेत सार्वजनिक गरेको हो । रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको निगमले निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग जोडिने प्रतिबद्धता समेत जाहेर गरेको छ ।

 

“निगमले साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’ को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यावसायिक उडान आरम्भ गर्ने भएको छ । निगमको उडान इतिहासमा यसरी रियादलाई आफ्नो हवाई गन्तव्यको रुपमा समेट्न पाउँदा हामी हर्षित र गौरवान्वित भएका छौं । निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग हामी जोडिने छौं । हाम्रो यात्रा जारी छ”, विज्ञप्तिमा भनिएको छ ।