२०८१ बैशाख ७ , शुक्रवार

लुक्लाका लागि उडेको समिट एयरको विमान आकस्मिक अवतरण

सुनाखरी न्युज/ काठमाडौं। इन्जिनमा समस्या आएपछि समिट एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

 

लुक्लाका लागि उडेको विमानमा उड्नासाथै इन्जिनमा समस्या देखिएपछि फर्किएर आकस्मिक अवतरण गरेको हो । कल साइन ९एनएएमपीको जहाज बिहान ११ बजेर ५ मिनेटमा लुक्लाका लागि उडेको जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटहरुले एउटा मात्रै इन्जिनको सहायतमा जहाज आकस्मिक अवतरण गराएका हुन् ।

 

अवतरण गर्ने बेलामा विमानस्थलको आपतकालिन सेवालाई तयारी अवस्थामा राखिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार समिट एयरको यो विमानमा १० विदेशीसहित १८ यात्रु सवार थिए ।