२०८१ बैशाख १४ , शुक्रवार

सुनचाँदीको भाउ आज स्थिर

सुनाखरी न्युज/ काठमाडौं। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँल्े बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाका १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।