२०८१ बैशाख ७ , शुक्रवार

बालाजु बाइसधारा मेला आज, स्नान गर्नेको घुइँचो

सुनाखरी न्युज/ काठमाडैं ।

काठमाडौंको बालाजुस्थित बाइसधारामा मेला लागेको छ । यसअघि दुई वर्ष कोरोनाका कारण बाइसधारा मेला लाग्न सकेको थिएन ।

शुक्ल पूर्णिमाको दिन लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्माबलम्बीहरू जाने गरेका छन् ।

बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । स्नानका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाइसधारा पुगेका छन् । नुहाउनका लागि श्रद्धालु भक्तजनहरू लाइन बसेका छन् ।

मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्‍याएको बताइन्छ । आजको दिन बाइसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।