२०८१ बैशाख १४ , शुक्रवार

स्थानीय निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति (विज्ञप्ति सहित)

सुनाखरी न्युज/ काठमाडौं ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

 

१७ चैतको  राष्ट्रिय सुरक्षा परिषदको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।