२०८० चैत्र १६ , शुक्रवार

१६ औं दिनमा एक हजार करोड कमाउँदै आरआरआरले बनायो रेकर्ड

सुनाखरी न्युज/ काठमाडौं –

एस एस राजामौली निर्देशित फिल्म आरआरआरले बक्स अफिसमा लगातार रेकर्ड बनाइरहेको छ । विश्वव्यापी प्रदर्शनमा आएको १६ औँ दिनमा फिल्मले १००० करोड (भारतीय रुपैया) को व्यवसाय गर्न सफल भएको हाे ।

 

आमिर खानको ‘दंगल’ र प्रभासको ‘बाहुबली २’ पछि आरआरआरले आफुलाई १००० करोड क्लबमा सामिल गरेको हो । राम चरण तेजा, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट अभिनित फिल्मले तेस्रो साताको दोस्रो दिन अर्थात शनिबार करिव २२ करोड, दोस्रो साता करिब २६० करोड र पहिलो साता करिव ७१० करोडको बिजनेस गर्न सफल भएको छ ।

 

फिल्मले १६ औं दिनसम्म १००३.३५ करोड ब्यवसाय गरेको छ । राम चरण र जुनियर एनटीआर अभिनित १००० करोड क्लबमा सामिल भने पहिलो फिल्म ‘आरआरआर’ हो । यस्तै आरआरआरको हिन्दी भर्सनले मात्रै बक्स अफिसमा करिब २२२ करोड रुपैयाँ नेट कलेक्शन गरेको छ । छोटो अवधिमा यति धेरै कमाई गर्ने ‘आरआरआर’ पहिलो भारतीय फिल्म समेत भएको छ । एजेन्सी