२०८१ बैशाख १३ , बिहिवार

भारतमा टिकट बुकिङमा ‘केजीएफ २’ को कीर्तिमान, २ हजारसम्म टिकट बिक्री

सुनाखरी न्युज/ काठमाडौं –

बहुप्रतिक्षित कन्नड फिल्म ‘केजीएफः च्याप्टर २’को लागि अग्रिम टिकट बुकिङ खुल्ला भइसकेको छ। भारतमा टिकट बुकिङमा फिल्मले नयाँ रेकर्ड राखेको छ।

 

मुम्बई र दिल्लीमा फिल्मको टिकट भारतीय १५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ। यो हालसम्म कै उच्च रकम हो। न्यु टाइम्स अफ इन्डियाका अनुसार भारतीय व्यापार विश्लेषक तरण आदर्शले महंगो रकममा फिल्मको टिकट बुकिङ भइरहेको जानकारी दिएका हुन्।

 

 

उनले ट्वीट गर्दै लेखेका छन्, ‘मुम्बई र पुणेमा केजीएफ-२ को पहिलो शो बिहान ६ बजेदेखि सुरू हुनेछ। केजीएफको मुम्बईमा १४५० देखि १५ सय भारु र दिल्लीमा १८ सयदेखि २ हजार भारुसम्म टिकट बुकिङ भइरहेको छ।’ साउथ स्टार यश यतिबेला आफ्नो आगामी फिल्म ‘केजीएफः च्याप्टर २’को प्रमोशनमा व्यस्त छन्। यो पिरियड ड्रामा सन् २०१८ मा रिलिज भएको ‘केजीएफः च्याप्टर १’ को दोस्रो भाग हो।

 

 

फिल्ममा यशसँगै सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्। ‘केजीएफ २’ कन्नड, तमिल, तेलुगु, हिन्दी र मलयालम गरी ४ भाषामा विश्वव्यापी रूपमा रिलिज हुँदैछ। यो फिल्म सय करोडको बजेटमा बनेको बताइएको छ। प्रशान्त नीलले निर्देशन गरेको फिल्मलाई हम्बल फिल्म्सले निर्माण गरेका हुन्। एजेन्सी