२०८१ बैशाख ७ , शुक्रवार

नवोदित कलेजको आयोजनामा साँस्कृतिक कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौं ।

 

 

काठमाडौंको सामाखुशी स्थित नवोदिन कलेजको आयोजनामा शनिबार काठमाडौंमा एक बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना भयो ।

 

 

कलेजका अध्ययनरत विए-विविएस प्रथम बर्षका विद्यार्थीको स्वागत तथा विए÷विविएस तेस्रो र चौथो बर्षका विद्यार्थीको विदाइाक अवसरमा कलेजले सो कार्यक्रमको आयोजना गरेको हो ।

 

कलेजका प्राचार्य राजेन्द्र अधिकारी, सहायक प्राचार्य जि वि अधिकारी, कोअर्डिनेटर कृष्ण विलास अधिकारी लगायत कलेजमा अध्यापनरत शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

 

काठमाडौंको गंगोवुस्थित विजी ब्याङकेटका आयोजित सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका साँस्कृतिक कला प्रश्तुत गरेका थिए ।

 

 

त्यसअघि कलेजमा हालै सम्पन्न खेलकुद सप्ताहका उत्कृष्ट विद्यार्थीलाई मेडल तथा कदरपत्र प्रदान गरिएको थियो ।