२०८० चैत्र १६ , शुक्रवार

‘ए मेरो हजुर ४’ मा समावेश जी–बबले गाएको गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

सुनाखरी न्युज/ काठमाडौं –

पछिल्लो समयका चर्चित र्‍यापर ‘मिलेन लेबल तेरो बाउ बोला ए’र्‍याप गाएर चर्चामा आएका जी–बब नामले परिचित सुदीप भण्डारीले आफ्नै स्वरमा रहेको गीत ‘भाग भाग न दे अब धेरै धाक’बोलको गित गाएका छन् ।

 

उनले गाएको यो गित अहिले रिलिजको केही घण्टामै नेपालमा युट्युब ट्रेन्डिङको शीर्षस्थानमा रहेको छ । फिल्म ‘ए मेरो हजुर ४’मा समावेश यो गीतमा जी-बबसहित फिल्मका प्रमुख कलाकारहरु सुहाना थापा, अनमोल केसी, नीराजन प्रधान फिचर्ड छन् ।शनिबार बेलुका सार्वजनिक भएको गीतले २४ घण्टा नपुग्दै ८ लाख भन्दा बढी भ्यूज पाएको छ।

 

यो समाचार तयार गर्दा गीतले ८ लाख बढी भ्यूज पाएको छ भने १ लाख १२ हजार लाइक पाएको छ भने ५ हजार ५ सय बढी कमेन्ट पाएको छ। गीतको शब्द र संगीत स्वयं जी-बबकै छ । हुक लाइन लिरिक्स सुरेन्द्र गुरुङ हाकिमको छ ।‘ए मेरो हजुर ४’फिल्मको कथा निर्देशक झरना थापाले लेखेकी हुन् ।