२०८१ जेठ १ , मंगलबार

पाकिस्तानका प्रधानमन्त्री खान प्रधानमन्त्री पदवाट पदमुक्त, अविश्वासको प्रस्ताव बहुमतले पारित

सुनाखरी न्युज/ काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री पदवाट पदमुक्त हुनुभएको छ । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि खान पदमुक्त हुनुभएको हो ।

 

राति भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । झिनो मतले खानले विश्वासको मत प्राप्त गर्न सक्नुभएन । विस्वासको मत पाउन नसकेपछि खानले प्रधानमन्त्री खानले प्रधानमन्त्री वस्ने भवन छोडेको विविसी ले जनाएको छ ।

 

खान विरुद्धको अविस्वासको प्रस्ताव पारित भएपछि पाकिस्तानी तल्लो सदन पीएमएल एनका अध्यक्षता गरेका आयाज सादिकले आजको दिन पाकिस्तानी इतिहासको महत्वपुर्ण दिन भएको प्रतिकृया दिनुभएको छ । यो एकताले पाकिस्तान संविधान संरक्षण गर्न सफल भएको पनि उहाँले वताउनुभयो ।