२०८१ बैशाख ३० , आइतवार

पोखरा महानगरमा एमालेका आकाङ्क्षीहरु बढी, उपमेयरमा पौडेलको दाबी

शिशिर पौडेल/ पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा महानगरमा मेयरका आकाङ्क्षीहरु पनि बढ्दै गएका छन् । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले कार्यतालिका सार्वजनिक गरेसँगै मेयरका आकाङ्क्षीहरु पनि टिकट आफ्नो पक्षमा पार्न दौडधुप गरिरहेका छन् ।

 

पार्टी विभाजनको पिडामा रहेको एमाले भित्र पनि पोखरा महानगरको पुन नेतृत्व हत्याउन हाल चर्चामा आएका मात्र नभई चर्चामा नभएका पनि भित्र भित्रै तयारी मा जुटेका छन् । मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्ण थापा, राजिव पहारी, मिना गुरुङ,हालका उपमेयर मञ्जु गुरुङ, एमाले केन्द्रीय सदस्य भीम कार्की, भरत पहारी, दिलिप न्यौपाने, सञ्जिव ब कोईराला, वडाध्यक्ष दर्शन लामा लगायतका एक दर्जन बढीले आकाङ्क्षी देखिएका छन्। पुरुषले नै प्रमुख को दाबी गरिरहेको बेला एमाले नेता शोभामोहन पौडेलले भने उप मेयरमा दावी गरेका छन् । जिल्लास्तरीय नेता र कार्यकर्ता विच मेयरका रुपमा चर्चा मा रहेका पौडेल एकाएक उपमेयरका लागि अगि बढेका छन् । करिव ५ वर्ष पोखरा १९ को वडाध्यक्ष भएर आफ्नो कार्य कुशलता देखाएका पौडेलले पोखरा को व्यवस्थित विकासमा सघाउन उपमेयरमा दाबी गरेका हुन् । केही समय पोखरा महानगरको कार्य वाहक मेयर समेत भएका पौडेल प्रदेश कमिटीका सदस्य हुन् ।

 

महानगरको विधायन समितिमा रहेर महानगरले बनाउनु पर्ने धेरै कानुनको विधान मस्यौदा समेत तयार पारेका पौडेलले वडाध्यक्ष हुँदा उनले प्रसस्त मात्रामा जन सरोकार का काम गरेर जनता को मन जितेका छन्। महानगरको विकास शुरुवात मात्र भएको बताउँदै पौडेलले मेयर मात्र सछ्यम भएर हुदैन उप मेयर पनि सछ्यम हुनुपर्ने बताउँछन्। पोखरा जस्तो शहरलाई विकास गर्न भिजन र गोल दुवै चाहिने र यसका लागि आफुसँग पोखरा विकास को मोडल रहेको समेत बताए ।५ वर्षको कार्यकाल मा प्रत्येक वर्ष उत्कृष्ट वन्न सफल उनले सडक नपुगेको ठाउँमा सडक, खानेपानी समस्या भएको ठाउँमा खानेपानी, र स्वास्थ्य सेवालाई जनताको पहुँच सम्म पुर्याएका छन्। पोखरा का पुराना वडाको व्यवस्थापन र नयाँ वडाको विकास गर्न पर्ने भन्दै आवाज समेत उठाउदै आएका छन् ।

 

कार्य सम्पादन मा प्र्त्ष् प्रयोहरेक वर्ष उत्कृष्ट वन्न सफल पौडेल अनुभवका आधारमा पनि खारिएका छन्। २०४३ सालमै जनपछिय उमेद्वार पौडेल युवा जोश, जाँगर र अनुभवबाट खारिएका मात्र छैनन् विकास को मोडल समेत उनिसँग छ। पार्टीका तर्फबाट महानगरको प्रमुख सचेतक रहेका उनी गुटमा भन्दा काममा विश्वास गर्छन् । पौडेलको उम्मेदवारी दाबी सँगै पोखरा महानगरको राजनीति पनि निकै रोचक मोडमा पुगेको छ भने उमेद्वार छान्न दलहरूलाई निकै सकस पर्ने देखिएको छ ।