२०८१ बैशाख ३० , आइतवार

निर्वाचन आचार संहिताबारे स्पष्ट पार्न पत्रकार सम्मेलन गर्दै आयोग

सुनाखरी न्युज/ काठमाडौं –

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने भएको छ।

 

आयोगले आज अपराह्न ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। रासस