२०८१ जेठ १ , मंगलबार

युक्रेनमा रेलवे स्टेशनमा रुसको रकेट हमलामा ३० को मृत्यु, १०० भन्दा बढी घाइते

सुनाखरी न्युज/ काठमाडौं –

युक्रेनमा एक रेलवे स्टेशनमा भएको रुसी रकेट हमलामा ३० भन्दा बढी मानिसको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । युक्रेनको सरकारी रेल कम्पनीले यसको बारेमा जानकारी दिएको हो ।

 

 

रुसले यो हमला क्रामाटोस्र्क स्टेशनमा गरेको हो । रुसको हमलाकाबीच पनि क्रामाटोस्र्क काम गरिरहेको रेल स्टेशनको रुपमा थियो ।युक्रेनका रेल प्रमुखले भनेका छन्, ‘स्टेशनमा दुुई रकेट हमला भएको थियो, जुन पूर्वी युक्रेनबाट बाहिर निक्लने एक ठूलो माध्यम थियो ।’

 

 

दोनेत्स्कको क्षेत्रिय गभर्नरका अनुसार प्रहरी र बचाउकर्मीले ठूलो संख्यामा मानिसको लास फेला पारेका थिए र कयौ घायते पनि फेला परेका थिए । जुन समयमा यो स्टेशनमा हमला भएको थियो, उक्त समयमा यहाँ हजारौ संख्यामा मानिस रहेको दावी उनले गरेका छन् । एजेन्सी