२०८१ बैशाख ३० , आइतवार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनाखरी न्युज/ तनहुँ –

व्यास नगरपालिका-१२ देउरालीस्थित सडकमा लु.७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीय नन्द गोपाल कार्कीको शुक्रबार बिहान मृत्यु भएको छ ।

 

ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौली हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।