२०८१ जेठ १ , मंगलबार

लस एन्जलसमा एक व्यक्तिको घरको ढोकामै सिंह देखिएपछि…

सुनाखरी न्युज/ काठमाडौं –

लस एन्जलसका एक वासिन्दाले आफ्नो घर बाहिर राखेको क्यामराको फुटेजमा सिंह देखा परेको बताएका छन् । ​केभिन प्रिन्सका अनुसार उनले हालै आफ्नो हलिउड हिल्सको छिमेकमा घुमिरहेको देखेका थिए ।

 

यो जनावर पी–२२ हो वा होइन भन्ने पत्ता लगाउन क्यामेरा सेट गर्ने निर्णय गरे । भाइरल फोटोपछि यो हिमाली सिंहले चर्चा पाएको थियो । १० वर्ष अगाडि हलिउडले यो बिरालो आकर्षक भएको भन्ने बताएको थियो । ‘म न्यूयोर्कको हुँ । म पिजा खाने बिरालोमा अभ्यस्त भइसकेको छु । मलाई आफ्नो अगाडि पट्टिको ढोकामा आउने गरेको सिंहमा बानी परेको छैन,’ प्रिन्सले बताए । ‘म सिमेन्टको जंगलबाट आएको हु र साहित्यिक जंगलमा प्रवेश गरेको छु । यो ठाउँ क्रेजी खालको छ ।’

 

प्रिन्सको भिडियोमा पहाडी सिंह उनको ढोका अगाडि हिँडिरहेको देखिएको छ । नेशनल पार्क सर्भिसले पनि उक्त जनावर पी–२२ नै भएको पुष्टि गरेको छ । पी–२२ सामान्य रुपमा धेरैजसो समय सान्टा मोनिका माउन्टेन नेशनल रिक्रियशन एरियामा बिताउने गर्छ । तर रातीको समयमा भने यताउती भौतारिने गर्छ । एजेन्सी