२०८१ बैशाख ३० , आइतवार

पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग

सुनाखरी न्युज/ काठमाडौं । पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ(के.आई.ओ.सि.एच.) बीचझापाको दमक वडा नं.७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजिएस स्ट्रक्चर बाट ४००० हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माण गर्ने सहमतिभई एक सम्झौता–पत्रमा हस्ताक्षर गरियो ।

 

हालै दिवगंतहुनु भएकी पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको धर्मपत्नी निलकुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्रा ५०औं वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताल लाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो । उक्त कार्यक्रममा पञ्चकन्या ग्रुपबाट उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले बाल स्वास्थ्य जस्तो पवित्र कार्यमा हातेमालो गर्नपाउनु दुवै संस्थाको लागिगौरवको विषयभएको र यसबाट मिल्ने आत्मसन्तुष्टि अमूल्यहुने र यो जति राम्रो मानव सेवाकुनै नहुने विचार व्यक्तगर्नु भयो ।

 

के.आई.ओ.सि.एच.का डा. भगवान कोइरालाले राजधानीको जत्तिकै सुविधा सम्पन्न बाल अस्पतालको खाँचो यस अस्पताल सञ्चालनमा आएपछि पुरा हुने बताउनु भयो । पञ्चकन्या ग्रुपले १महिना भित्र एलजिएसका संरचनानिर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने छ । साथै सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका संचालकहरु र बरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।