२०८१ बैशाख ४ , मंगलबार

अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. १०,वरेडवामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ ।

 

अतिथी चन्द्रपुर नगरपालिका वडा नं. १० का वडा सदस्य प्रभु चौधरी, अतिथी अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरी र वडा अध्यक्ष जयराम चौधरीको प्रमुख अतिथ्यमा संचालित कार्यक्रमको संचालनअजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गर्नु भएको थियो ।

 

कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपकपोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पार्नु भएको थियोर सो कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. १०, वरेडवाका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडकामधेश प्रदेशका प्रमुख हुलास यादव सहितक र्मचारीहरुको उपस्थिति रहेको थियो ।