२०८१ बैशाख ३१ , सोमवार

७१ निर्वाचन अधिकृत हटाइए, नयाँ नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले यसअघि नियुक्त गरेका ७१ जना निर्वाचन अधिकृत हटाएर नयाँ ७१ जना निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

 

आयोगको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले यस अघि नियुक्त निर्वाचन अधिकृतहरुले दिएको निवेदनको आधारमा उनीहरुलाइ जिम्मेवारीबाट हटाइएको जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनका लागि दर्ता भएका सबै दलले प्रतिब४तापत्रमा हस्ताक्षर गरेपछि छिट्टै आचारसंहिता लागू गरिने पनि प्रवक्ता अर्यालले जानकारी दिनुभयो।

 

स्वस्छ निष्पक्ष र स्वतन्त्र एवं प्रभावकारी रुपमा निर्वाचन सम्पन्न गर्न आचारसंहिता कार्यान्वय महत्वपूर्ण रहेको ठहर गर्दै आयोगले प्रभावकारी कार्यान्वयनका लागि केन्द्र देखि स्थानीय तह सम्म अनुगमन समिति तथा संयन्त्र गठन गरेको छ। निर्वाचनमा खटिने निर्वाचन अधिकृतहरु लाई प्रशिक्षण प्रदान गर्न निर्वाचन व्यवस्थापन तथा सञ्चालन मुख्य प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको र चैत्र ३० र वैशाख २ गते प्रदेश स्तरमा विभिन्न ८ स्थानमा प्रशिक्षण सञ्चालन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।