२०८१ बैशाख ४ , मंगलबार

फिल्म ‘ए मेरो हजुर ४’ का लागि जी-बबले गाए गीत

सुनाखरी न्युज/ काठमाडौं –

एएनटीएफ गायन प्रतिस्पर्धाबाट चम्किएका  जी-बब नामले चर्चित र्‍यापर सुदीप भण्डारी अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।

 

वैशाख १ गते रिलिज हुने सुहाना थापा र स्टार अनमोल केसिको फिल्म ‘ए मेरो हजुर ४’को एउटा गीतलाई जी-बबले गाएका छन् । गीतमा उनकै शब्द र संगीत रहेको जनाइएको छ ।

 

अनमोल र जी-बबबीच बुधबार बेलुका नयाँ बानेश्वरको एक रेस्टुरेन्टमा भेटघाट समेत भएको जनाइएको छ । स्रोतका अनुसार जी-बबले गाएको गीतलाई चाँडै रिलिज गर्ने तयारी छ । टिकटकमा उनका गीत अहिले पनि भाइरल बनिरहेका छन् ।