२०८१ जेठ १ , मंगलबार

पति–पत्नीले एक अर्काविरुद्ध दर्ता गराए ६० केस, न्यायाधीश नै रमाए

सुनाखरी न्युज/ काठमाडौं –

विवाहको ४१ वर्षमा एक दम्पतीले एकअर्काविरुद्ध ६० वटा मुद्धा दर्ता गराएका छन् । घटना भारतको हो । रोचक यसखाले घटनाले मुख्य न्यायाधीशलाई पनि सोच्न बाध्य बनाएको छ ।

 

भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश एनवी रमानले वैवाहिक विवादको यो घटनालाई विशेष रुपमा हेरेका छन् । सम्बन्धविच्छेद भइसकेका ती दम्पतीले ४१ वर्षपछि एक अर्काको विरुद्धमा ६० मुद्धा दर्ता गराएका हुन् । बिहेको ४१ वर्षमा छुट्टिएका उनीहरु यसरी बस्न थालेको पनि ११ वर्ष भइसकेको छ ।

 

यो घटनामा सर्वोच्च अदालतका मुख्य न्यायाधीश एनवी रमनले केही मानिसको झगडाले आफूलाई रमाइलो लाग्ने गरेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्,‘केही मानिस झगडा गरेको पनि रमाइलो लाग्छ ।’ मुख्य न्यायाधीशले दम्पतीको विवाद समाधान गर्न मध्यस्थता गर्न सुझाव दिएका छन् । दम्पतीको मुद्धा जिल्ला अदालत र उच्च अदालतमा पनि हेरिएको थियो र यसैबाट पति पत्नीको सम्बन्ध समाप्त भएको थियो ।

 

पत्नीले ससुरामाथि यौन शोषणको आरोप समेत लगाएकी थिइन् । अब भने मुद्दा सर्वोच्चसम्म आइसकेपछि दुवै पक्ष मध्यस्थताका लागि जान चाहन्छन् । सर्वोच्च अदालतले वकिलसँग के उनीहरु सम्झौता गर्नका लागि तयार छन् भनेर सोधेको थियो । एजेन्सी