२०८१ जेठ १ , मंगलबार

स्थानीय चुनावका तयारीमा नेपाली कांग्रेस,आबश्यकता अनुसार चुनावी तालमेल : नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि गिरी

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेता एबं ” घर घर जाऔं ,कांग्रेस जिताऔं ” चुनावी अभियानका केन्द्रीय प्रतिनिधि किरण गिरीले नेपाली कांग्रेस ” घर घर जाऔं , कांग्रेस जिताऔं ” फाल्गुन २९ देखि चैत्र २९ सम्म एक महिने अभियान अन्तरगत आज २५ औं दिन देशभरीका ७५३ पालिका र ६७४३ वडामा नेपाली कांग्रेस सम्बन्धित तहाका कार्यसमितिहरुको भुमिका र कार्यक्रम बारे स्पष्ट पार्दै 🌳🌳🌳🌳🌳🌳🌳रुख चिन्हमा मतदान , समृद्धि र सुशासन को नारा अगाडि सार्नु भएको छ ।

 

पार्टीको निर्णय र निर्देशन अनुसार स्थानीय चुनावमा नेकपा माओवादी , नेकपा ए समाजबादी र जनमोर्चा संग संगठनको आबश्यकता र अबस्था अनुसार चुनावी तालमेल हुने जानकारी समेत दिनुभएको छ । आज एक रेडियो अन्तरबार्तामा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि एबं नेताले किरण गिरीले अबको पाचौं दिनसम्म वडा र पालिका तहमा सम्पन्न हुने १४ बुधे कार्यक्रमहरु बारे जानकारी दिदि भन्नुभएको छ :-
सम्बन्धित समितिले `टाइ सिट´ निर्माण गरेर फरकफरक दिनमा यी कार्य प्रभावकारी रुपले सम्पादन गर्नेछन् :-
.१) स्थानीय निर्वाचन प्रचार, परिचालन र घोषणापत्र मस्यौदा लगायतका समितिहरु गठन
२) स्थानीय स्थिति अनुरुपको चुनावी रणनीति निर्माण
३ ) स्थानीय घोषणापत्र निर्माण गर्न नागरिक पंक्तिसँग सार्वजनिक संवाद (घोषणा पत्र मस्यौदा समिति)
४ ) जनतासँग `विकास संवाद´ अन्तर्गत जन अपेक्षा र आवश्यकता अनुरुपको बाटो, कल्भर्ट, कज्वे, तटबन्ध या अन्य कुनैपनि स्थानीय विकासको बिषयमा स्थलगत रूपमा संवाद।
५) FTVT Program
(First Time Voter Training Program) (पार्टी + नेविसंघ + पार्टीका शुभेच्छुक बौद्धिक संस्थाहरु)
.६) `जन अपेक्षाको स्थानीय तह कस्तो ?´
पहिलो पटकका मतदाताको दृस्ठिकोण, भावना र सुझाव संकलन।
७) आफ्नो पालिका या वडा क्षेत्र भित्र कुनै पनि सामाजिक विसंगतिका घटना छन् भने त्यसको पहिचान गरेर त्यस विरुद्ध जनचेतना देखि खबरदारीसम्मका कार्यमा पार्टी पंक्तिलाई नियमित सकृय तुल्याउने।
८) `ज्येष्ठ नागरिक सम्मान´ देखि `कर्म सम्मान कार्यक्रम´सम्म ।
समाजका पुराना अग्रज, शहीद परिवार, द्वन्दकालका घाइते, अवकास प्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्दमी, साहित्यकार, पूर्व राष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान।
९) कांग्रेसलाई `जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन्´, नागरिक पंक्तिबाट सुझाव
लिने।
.१०) MCC भ्रम निवारण र वास्तविकता प्रशारणका लागि प्रशिक्षणात्मक कार्यक्रम संचालन गर्ने। (पार्टी + प्राध्यापक संघ, ट्रेड युनियन, शिक्षक संघ, डिएलए, प्रेस युनियन)
.११) मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्ने।
१२) निर्वाचन प्रचार अभियानलाई तोकिएको आचारसंहिता बाहिर जान नदिने गरि, पार्टी पंक्ति र जनता समक्ष पनि आचारसंहिताबारे विस्तारित रुपमा सुसूचित गर्ने।
१३) निर्वाचनमा पार्टीका उम्मेदवारहरुको प्रचार अभियान एवं मतदानका दिनको बुथ व्यवस्थापन समेत दृस्टिगत गरेर अभियानको अवधिमै चुनाव केन्द्रित `वन बुथ हन्ड्रेड युथ´ को अवधारणा बमोजिम स्वयंसेवक संरचना निर्माण गर्ने। त्यस्तो संरचना निर्माणको नेतृत्व वडा समितिले गर्नेछ भने, संरचनामा सबै टोलको अनिवार्य प्रतिनिधित्व गराउने।
.१४) मतदाता शिक्षा : मतदाताकै घर आँगनमा
(पार्टी + महिला संघ + शिक्षक संघ)
(पालिका र वडाका कार्यक्रम वडाको भूगोल, जनसंख्या, स्थिति र आवश्यकता अनुरुप वडा हुंदै टोल र टोल हुँदै घर-घर सम्म विस्तारित हुनेछ)
बिशेष गरी नेपाली कांग्रेस सबै गाउँ पालिका / नगरपालिका कार्यसमिति र सबै वडा कार्यसमितिहरुले गर्न र गराउन हुन हार्दिक अपिल ।
अन्तरबार्ता कै क्रममा नेपाली कांग्रेस चुनावी अभियानका केन्द्रीय प्रतिनिधि किरण गिरी ” स्थानीय तह निर्बाचन -२०७९ घोषणापत्र तयारी समिति बारे जानकारी दिदै भन्नुभयो :-
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति श्री शेरबहादुर देउवाले— पार्टी महामन्त्री श्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा— देहाय बमोजिम सदस्यहरु मनोनयन गर्नु भएको छ :-
स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति
१. सदस्य — डा. आरजु राणा देउवा
२. सदस्य — श्री मधु आचार्य
३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — श्री अजयवावु शिवाकोटी
५. सदस्य — श्री नृपबहादुर वड
६. सदस्य — श्री कान्तिका सैजुवाल
७. सदस्य — श्री गुरुराज घिमिरे
८. सदस्य — श्री किरण गिरी
९. सदस्य — श्री हरिप्रभा खड्गी
१०. सदस्य — श्री भीम ढुंगाना
११. सदस्य — श्री दिलिपप्रताप खाँण
१२. सदस्य — श्री वंशलाल तामाङ
१३. सदस्य — श्री विजय शंकर यादव
१४. सदस्य — श्री उमा थापा मगर
१५. सदस्य — श्री भुपेन्द्र राई
१६. सदस्य — श्री ममता महतो
१७. सदस्य — श्री डा. जुगल भुर्तेल
१८. सदस्य — श्री गेजा शर्मा वाग्ले
१९. सदस्य — श्री जगदीश भट्टराई
२०. सदस्य — श्री प्रताप पौडेल
२१. सदस्य — श्री शंकर तिवारी
२२. सदस्य — श्री पुरुषोत्तम नेपाल
२३. सदस्य — डा. इन्द्रा अधिकारी
२४. सदस्य — डा. अभिमन्यु सिंह
२५. सदस्य — डा. वुद्धिमान श्रेष्ठ
२६. सदस्य — श्री मनिष झा
२७. सदस्य — श्री जिमी लामा
२८. सदस्य — श्री शिलशिला आचार्य
यो समितिको बैठक आजै बिहिवार -११ :बजे नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपा , ललितपुरमा बस्ने जानकारी समेत घोषणापत्र तयारी समितिका सदस्य एबं कांग्रेस नेता किरण गिरीले जानकारी दिनुभएको छ ।