२०८१ बैशाख १५ , शनिवार

थप ३२५ मेगावाट बिजुली बेच्न भारतले दियो नेपाललाई अनुमति

सुनाखरी न्युज/ काठमाडौं –

भारतले थप ३२५ मेगावाट बिजुलीलाई आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको छ ।

 

 

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिएकी हुन् । यसअघि भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो।

 

१४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

 

त्यसैगरी ग्रिनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुलीलाई भारतले बेच्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।।