२०८१ बैशाख २७ , बिहिवार

भारतबाहेक विनोद चौधरी दक्षिण एसियाका एक्ला अर्वपति

सुनाखरी न्युज/ काठमाडौं –

विश्वभरीका धनीहरुको बारेमा सुची प्रकाशन गर्ने फोब्सले यो वर्ष पनि विश्वभरीका डलर अर्बपतिहरुको सुची सार्वजनिक गरेको छ । गए राती सार्वजनिक सुची अनुसार दक्षिण एसियामा भारतमा बाहेकका अर्वपति नेपालका विनोद चौधरी मात्र रहेका छन् ।

 

दक्षिण एसियाका देशहरु मध्ये डलर अर्वपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिप्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्वपतिको सुचीमा परेका छैनन् । नेपालका एक मात्र डलर अर्वपति विनोद चौधरीको सम्पत्तीमा पनि वृद्धि भएको छ । फोब्सका अनुसार उनको सम्पत्ती गत वर्ष १.४ अर्व डलर रहेकोमा यो वर्ष दश करोड डलरले वृद्धि भई १.५ अर्व डलर पुगेको छ । व्यवसायी चौधरी फोब्सको सुचीमा १९२९ नम्बरमा छन् ।

 

चौधरी २०१३ देखि अर्बपतिहरुको सुचीमा निरन्तर रहदै आएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधि सभाका सदस्य समेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । एउटा व्यक्ति मात्र धनी हुदैमा आफुलाई सन्तुष्टि नमिल्ने बताउदै चौधरीले देशलाई आर्थिक रुपले समृद्ध बनाउन सक्दाको दिनमा मात्र वास्तविक आत्म सन्तुष्टि मिल्ने बताए । ‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो’, चौधरीले भने,‘आफुसंग भएको ज्ञान र सिकेको सिप सबै नेपालीले देखेको देशको आर्थिक समृद्धिको सपना साकार पार्न प्रयोग गर्न सकौं भनेर नै म राजनीतिमा आएको हु ।’

 

यस्तै उक्त सुचिका अनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्वपति रहेको मुलुकहरुमध्ये तेस्रो भएको छ । भारतमा १सय ६६ अर्वपति रहेका छन् भने अर्को छिमिकी चीनमा ५ सय ३९अर्वपति रहेका छन् । सुचिको सबैभन्दा माथी रहेको अमेरिकामा अर्वपतिहरुको संख्या७ सय ३५ रहेको छ । २९०.३ अर्व डलर सम्पत्ती रहेका एलन मस्कयस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ती भएका छन् । यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ती १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् । भारतकागौतम अदानी र मुकेश अम्बानी पहिलो दशको सचीमा रहेका छन् । अदानी नवौं र अम्बानी दशौं नम्बरमा छन् ।