२०८१ बैशाख १३ , बिहिवार

मनमैजु माध्यमिक विद्यालयमा ’बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ स्थापना

सुनाखरी न्युज/ काठमाडौं –

तारकेश्वर नगरपालिका वडा न ९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगद दुई लाख सहयोग गरेका छन् ।

 

उत्कृष्ट एवम् मिहिनेती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि वडाध्यक्ष सिटौलाले छात्रवृत्ति अक्षयकोषको स्थापना गरेका हुन । वडाध्यक्ष सिटौलाले आफूले पाएको सेवा सुविधाबाट उक्त रकम छात्रवृत्ति प्रयोजनका लागि अक्षयकोषको स्थापना गर्न पाउदा खुशी लागेको बताउनु भयो । उक्त अक्षयकोषको नाम‘बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ राखिएको छ ।

 

मनमैजु माध्यमिक विद्यालयकाकक्षा ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी उक्त कोषको स्थापना भएको हो । मिहिनेती विद्यार्थीहरुलाई उक्तकोषबाट छात्रवृत्ति प्रदान गरिने छ । वडाध्यक्ष सिटौला उक्त विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका छन । वडाध्यक्ष सिटौलाले दुई लाख रुपैयाँ नगद विद्यालयकी प्रधानाध्यापक रविना महर्जनलाई हस्तान्तरण गर्नु भएको हो ।