२०८१ बैशाख २७ , बिहिवार

नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल आयल निगमले मंगलबार राति १२ बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य पुन: बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको  मूल्य बढेकाले नेपालमा पनि बढाउन बाध्य परेको निगमले जनाएको छ । यो सँगै अब पेट्रोल प्रतिलिटर रु १६० पुगेको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढेको हो । त्यस्तै डिजेलको पनि खुद्रा मूल्य १६० (प्रतिलिटर) र मट्टीतेल १४३ रुपैयाँ कायम गरिएको निगमले जनाएको हो ।

 

त्यस्तैगरी खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ। हवाई इन्धन (आन्तरिक)मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम भएको छ ।