२०८१ जेठ ७ , सोमवार

सुनको मूल्य तोलामा एक सयले वृद्धि

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली बजारमा सुनको मूल्य आज सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३४० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।