२०८१ बैशाख ६ , बिहिवार

हब्बल टेलिस्कोपले खिच्यो सबैभन्दा टाढा रहेको ताराको तस्बिर

सुनाखरी न्युज/ काठमाडौं –

हब्बल स्पेस टेलिस्कोपले अहिलेसम्म पत्ता लागेकामध्ये सबैभन्दा टाढा रहेको एउटा ताराको तस्बिर खिचेको छ।

 

उक्त ताराबाट पृथ्वीसम्म प्रकाश पुग्न १२.९ अर्ब वर्ष लाग्ने वैज्ञानिकहरूले बताएका छन्। त्यो दूरस्थ ताराको नाम ‘इअरेन्डल’ राखिएको छ। पुरानो अङ्ग्रेजीमा त्यसको अर्थ ‘बिहानको तारा’ हुन्छ।

 

वैज्ञानिकहरूका अनुसार इअरेन्डल सूर्यको पिण्डमानभन्दा कम्तीमा ५० गुना ठूलो र लाखौँ गुना चम्किलो छ। अहिलेसम्म पत्ता लागेका विशाल तारामध्ये यो पनि एउटा हो।BBC