२०८१ जेठ ७ , सोमवार

बाँके सुनचाँदी तथा गहना व्यवसायी संघकाे आठौं बार्षीक साधारण सभा

सुनाखरी न्युज/ काठमाडौं । बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ,काेहलपुर, बाँके काे आठौं बार्षीक साधारण सभा नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सभापति बुध्दि बहादुर दियालीकाे प्रमुख आतिथ्य र बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका अध्यक्ष भविन्द्र रामदाम काे अध्यक्षतामा सम्पन्न भयाे।

 

साे अवसरमा काेभिड-१९ काे संकटकाे समयमा सहयाेग गर्ने पदाधिकारी तथा सदस्य हरूलाई कदर पत्र तथा खादा माला ले सम्मान गरिएकाे थियाे। माहासचिव जगत रामदाम काे प्रगति प्रतिवेदन, काेषाध्यक्ष दिपक खाती काे आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरियाे।

 

संघका बरिस्ठ उपाध्यक्ष एवं मुल समारोह समितिका संयाेजक परिवर्तन बराईली काे स्वागत मन्तव्य रहेकाे कार्यक्रम महासचिव जगत रामदाम ले संचालन गर्नु भएकाे थियाे।