२०८० चैत्र १६ , शुक्रवार

मदन कृष्णको ‘तिमीलाई जब गुमाए’ गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौँ –

मदन कृष्ण श्रेष्ठको आवाजमा ‘तिमीलाई जब गुमाएँ…’बोलको गीत सार्वजनिक भएको छ ।

 

 

सराना बज्राचार्यको निर्देशन र कन्सेप्टमा तयार पारिएको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेन फिचर्ड छन् । आफूहरु जन्मिनु अगाडि लेखिएको गीतको भिडियोमा फिचर्ड हुन पाउँदा खुसी लागेको भन्दै नेपाली कला क्षेत्रका मदन कृष्ण श्रेष्ठसँग सहकार्य गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस भएको कलाकारद्धय केकी अधिकारी र नाजिर हुसेनले बताए ।

 

सरला श्रेष्ठको शब्द रहेको गीतमा कृति न्यौपानेले संगीत भरेका छन् ।