२०८१ जेठ ७ , सोमवार

सुन तोलामा ८०० सयले महँगियो

सुनाखरी न्युज/ काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड ९९ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।