२०८१ जेठ ७ , सोमवार

सुनको मूल्यमा सामान्य वृद्धि

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।

 

बुधबार सुनको मूल्य तोलामा ४ सयले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ९ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३५० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।